स्थानीय सेवा ऐन जारी गर्न मागसहित पालिका कर्मचारी आन्दोलनमा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १५:५०

काठमाडौं । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढीकेन्द्रित आनदोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो । धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरु धर्ना बसेका छन् ।

आफ्ना माग समबोधन गर्न प्रदेश सरकारलाई पटकपटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ । यसपटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनीसमेत दिएका छन् ।

डोटीको आदर्श गाउँपालिकाको शिक्षा शाखामा कार्यरत पदम विष्टले अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागू गरिसक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको बताए । ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवादेखि अन्य वृत्ति विकासमा समस्या भएको उनको भनाइ छ ।

२०८० देखि ऐन जारी गर्न माग राखे पनि समयमा सम्बोधन नहुँदा आन्दोलनमा उत्रिनुपरेको डेडल्धुराको भागेश्वर गाउँपालिकाका कर्मचारी वीरबहादुर खड्काले बताए । सरकारले यथाशीघ्र ऐन जारी नगरे सबै स्थानीय तहमा तालाबन्दी गरेर आन्दोलन लम्ब्याउने कर्मचारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.