
विराटनगर । २५६९ औं बुद्ध जयन्ती तथा उँभौली पर्वका अवसरमा अमेरिकमा विविध सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।
विश्व शान्ति मानव एकता र जीवित प्राणीहरूको रक्षार्थ यस वर्षको उँभौली पर्व किराँत कल्चरल सोसाइटी अफ फिर पिट्सवर्क अमेरिकाले विभिन्न जातजाति र संघसंस्थाको सहभागितामा सांस्कृतिक कार्यक्रमको गरेको हो ।
उँभौली पर्वको अवसरमा विश्व शान्ति, मानव एकता र जीवित प्राणीहरूको रक्षार्थ पूजाआजा गरिएको थियो ।
कार्यक्रममा पिट्सवर्क सहरमा रहेको नेवार समाज, गुरुङ, बौद्धिष्ट कम्युनिटी, किराँत राई यायोक्खा, हिमालय फाउन्डेसन, ऊँ कार परिवार, तामाङ समाज तथा आयोजकले विभिन्न जातीय तथा परम्परागत सांस्कृतिक नृत्य र गीतहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली साँगीतिक रियालिटी सो ‘द भ्वाइस अफ लिड्स सिजन –३’ की विजेता अनुया तामाङले पनि गीत प्रस्तुत गरिन् ।
सोसाइटीका अध्यक्ष जीवन सुब्बाको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथि केसी ओएका नरेश लावती, मिरा लोहरुङलगायतको उपस्थिति रहेको थियो ।























