रुस-युक्रेन युद्धमा थप २३ नेपालीको मृत्यु, ५० जनाकाे रिपाेर्ट आउन बाँकी

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार ०६:४२
रुस युक्रेन युद्धमा ज्यान गुमाएका प्रीतम राईकी आमा ( कालाे कुर्तामा )

काठमाडौं । रुस– युक्रेन युद्धमा थप २३ जना नेपाली नागरिकको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको हो । योसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ ।

रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएका ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।

परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो ।

मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार  मृतक मध्ये १० जनाकाे ठेगाना खुलेकाे छैन ।

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका २३ नेपाली

–हेमकुमार मगर, नवलपरासी
–ललितसिंह डोबल, दार्चुला
–ताराप्रकाश घर्ती, सल्यान
–रामकृष्ण अधिकारी, संखुवासभा
–गीतबहादुर घर्तीमगर, कास्की
–मख्खनबहादुर पुन, बागलुङ
–रामकुमार प्रधान, मकवानपुर
–रोनल मिश्र, मोरङ
–भीमबहादुर घर्तीमगर, प्यूठान
–छमबहादुर घर्ती, म्याग्दी
–अर्जुनदत्त भट्ट, बैतडी
–सुजन शर्मा, सुर्खेत
–रामकुमार बुढामगर, रुकुम पश्चिम

ठेगाना नखुलेका
–लरबहादुर बुढा
–नेत्रबहादुर थापा
–विकास राई
–रूपक राई
–महेन्द्र मल्ल
–अशोक जीसी
–अमृत थापा आलेमगर
–उदयराज थारू
–प्रितम राई
–प्रेमबहादुर लुंगेलीमगर

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.