
विराटनगर । विराटनगरको बाल सुधार गृहबाट ३ जना बालक फरार भएका छ्न् । विराटनगर महानगरपालिका –३ मा रहेकाे बाल सुधार गृहबाट सोमबार तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन् ।
उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालकहरु फरार भएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्ष उनी सुधार गृहमा थिए । झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए । फरार भएका बालकहरुकाे खाेजी भइरहेकाे माेरङ प्रहरी प्रवक्ता वेदप्रकाश जाेशीले जानकारी दिए ।

























