
काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा काठमाडौंको मखनटोलमा एक महिलाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–२४ मा रहेको मखन गल्लीमा रहेको उक्त टोलमा बस्ने दयाराम श्रेष्ठको घरमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
प्रहरीका अनुसार यतिबेला नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरी आगो निभाउन परिचालन गरिएको छ । आगलागीमा परी महिलाको ज्यान गएको भनिए पनि उनको सनाखत हुन भने बाँकी छ ।
आगो दयारामको घरसँगै रहेको अर्को घरमा पनि सल्किएका कारण काठमाडौँ र ललितपुरबाट दमकल लिएर निभाउने प्रयास धमाधम भइरहेको प्रहरीले जनाएको छ ।























