
काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८२ संसदमा पेश भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अघिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।
मन्त्री अधिकारीले २०२१ सालको भूमि ऐन अहिले व्यवहारमा लागू गर्न नसकिएकाले यसलाई संशोधन गर्नुपरेको बताए ।
यसअघि वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सदनमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको थियो ।

























