संखुवासभामा चट्याङले लागेर महिलाको मृत्यु, ३ जना गम्भीर घाइते

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार ०६:२५

विराटनगर । संखुवासभामा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।

चैनपुर नगरपालिका–१ मानेडाँडामा परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । संखुवासभाका निमित्त प्रहरी प्रमुख एवं इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार हावाहुरीसँगै बुधबार अपरान्ह ४ बजेतिर चट्याङ परेको थियो । घरमै बसिरहेका बेला चट्याङले लागेर तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । चट्याङले लागेर १५ वर्षीय प्रतीक तामाङ, १९ वर्षीय रिजन तामाङ र ४२ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए ।

चैनपुरमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । संखुवासभामा चट्याङले लागेर १ वर्षको अवधिमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.