१४ महिनापछि किस्तीमा राखेर देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरणः ओली

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १६:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।

काठमाडौंमा आज (बिहीबार) आयोजित पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश विकासको योजना बनाउने काममा कतिपयले अवसर नपाएको र कतिपयले बारम्बार अवसर पाएको उल्लेख गरे ।

उनले बारम्बार योजना बनाउन पाउनेहरू जस्तै देउवालाई पनि १४ महिनापछि ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर धूमधामका साथ पद हस्तान्तरण गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो, मानार्थ । तपाईँहरूकै सदस्य । अहिलेको अवस्था संयोग हो । कतिपय योग्य मानिसहरू यसमा आउन नपाएर बाहिर छन्, अवसर पाएका छैनन् । सबैलाई एउटै ठाउँमा अवसर जाँदैन । कसैले पटक–पटक पाउँछन् । शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, अवसर उहाँलाई मिल्छ, के गर्नु ? अब फेरि मिल्न लागेको छ । १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर विधिपूर्वक धूमधामका साथ पद हस्तान्तरण गर्छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.