हत्यामा संलग्नलाई पक्राउको माग गर्दै प्रदर्शन, दर्जनौँ सवारीसाधन तोडफोड  

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १७:२४

विराटनगर । अंशु यादवको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार जनकपुरको रामानन्द चोकमा आन्दोलनकारीले प्रदर्शन गरी सडक जाम गर्दै विभिन्न सवारीसाधन तोडफोड गरेका छन् ।

यादवको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यकहरू आन्दोलित भएका हुन् ।

उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश नारासहितको प्लेकार्ड बोकेका थिए ।

उनीहरूले एक दर्जन सवारीसाधन तोडफोड गर्नुका साथै जनकपुर –ढल्केवर सडकअन्तर्गत रामानन्द चोकमा जाम गरेर प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

मृतक अंशुकी आमासहित स्थानीयले यसअघि पनि २ पटक बिन्धीस्थित जनकपुर– जलेश्‍वर सडक खण्ड जाम गरेर प्रदर्शन गरेका थिए ।

जनकपुरधाम –२३, बिन्धीका १७ वर्षीय अंशु यादवको होलीका दिन छुरा प्रहारबाट हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा धर्मेन्द्र महतो र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अंशुलाई ७ जना मिलेर हत्या गरेको परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.