
विराटनगर । धान गोड्दै गरेका बेला करेन्ट लागेर धनकुटामा बिहीबार १ जना वृद्धको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका–८ शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार खेतमा धान गोड्दै गर्दा माथिबाट अचानक विद्युतको तार खसेर लाग्दा राईलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको खनालले बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























