मोरङको उर्लाबारीमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार ०८:२१

विराटनगर । मोरङको उर्लाबारीमा चिनी मिलबाट निस्किएको छुवा बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ११:१५ बजेतिर दुर्घटना भएको हो । पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ । ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहानका राति १ः३५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको डीएसपी जोशीले जनाए ।

उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो । ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीसी क्यामेरा फुटेजमा मोटरसाइकल र ट्यांकर एकआपसमा ठोक्किएको देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.