स्रोत नखुलेको ८ लाखभन्दा बढी रुपैयाँसहित पक्राउ

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १७:०६
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकम सहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट १ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय कृष्ण अग्रहरी छन् ।

उनको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार बरामद गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) प्रदिप क्षेत्रीले बताए ।

आरोपी भारतीय नम्बरको मोटरसाइकलमा रकम लिएर हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.