
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा मेसिनले च्यापिएर १ जना कामदारको आज (शुक्रबार) मृत्यु भएको छ ।
प्रहरीका अनुसार क्वालिटी चेम साबुन उद्योगमा काम गर्ने अन्दाजी ४० वर्षीय भीम राजवंशीको मृत्यु भएको हो । उनको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ ।
काम गर्ने सिलसिलामा मेसिनले च्यापिएर अपराह्न ४ बजेतिर उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।























