‘झ्याप्प झ्याप्प’ जान्छ बिजुली, सिंहदरबारमा मोबाइल बालेर बैठक

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार २०:४८

काठमाडौं । पछिल्लो केहीदिनयता विद्युत कट्यौती अनियमित रुपमा भइरहेको छ । जसको प्रत्यक्ष मार उपभोक्ताले भोगिरहेका छन् । शुक्रबार साँझ बने सिंहदरबार नै अन्धकार बन्यो । जसले गर्दा मोबाइल बालेर बैठक सञ्चालन गर्नुपर्याे ।

आज हावाहुरीसहित पानी परेका कारण बिजुली अवरुद्ध भएको थियो । जसले गर्दा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक मोबाइल बालेर सञ्चालन गनुपर्याे । बैठक चलिरहेका बेला विद्युत आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको हो ।

बैठकमा सहभागी एक सांसद्का अनुसार, बिजुली अबरुद्ध भएपछि मोबाइलको बत्ती बालेर बैठक सञ्चालन भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.