मदन–आश्रित स्मृति दिवसमा रक्तदान

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३, शनिबार १४:२५

विराटनगर । मदन–आश्रित स्मृति दिवसको अवसरमा आज (शनिबार) विराटनगरमा नेकपा (एमाले)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

एमाले विराटनगर महानगर कमिटीले पार्टी कार्यालय पाञ्चालीमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रमबाट २९ पिन्ट रगत संकलन भएको एमाले विराटनगर सचिव विज्ञान चापागाईंले जानकारी दिए । उनका अनुसार मदन–आश्रित श्रद्धाञ्जली सभाको समेत आयोजना गरिएको थियो ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस शनिबार एमालेले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितले २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.