विशिष्ट पाहुनालाई गराइयो हिमशृङ्खला दृश्यावलोकन

Share this
820shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार ११:०४

काठमाडौं । काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खलाको दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान अर्थात् (माउन्टेन फ्लाइट) मार्फत विदेशी पाहुनालाई आज (शुक्रबार) बिहान सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका हुन् । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए ।

झन्डै एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले हिमशृङ्खलाको दृश्यावलोकन गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । उनका अनुसार साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.