पूर्वमुख्यमन्त्रीले गरे कोशी सरकारको कडा आलोचना

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १५:३८

विराटनगर । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्व मुख्यमत्री समेत रहेका राईले प्रदेशसभामा जारी बर्खे अधिवेशनको बैठकका क्रममा बोल्दै पटक–पटक आवाज उठाउँदा पनि प्रभाव नपरेको भन्दै सरकारको जवाफदेहीपनामा प्रश्न उठाए ।

‘धेरैपटक बलियो बोलेर केही हुन्छ जस्तो लागेको छैन । आफ्नै इज्जत जोगाउन पनि अब नबोल्नुपर्ने स्थिति आएको छ’ उनले भने । वर्तमान सरकार ‘शुभकामना’ का लागि पनि लायक नरहेको भन्दै नेता राईले आलोचना गरे ।

अघिल्लो अधिवेशनमा टुंग्याउने भनिएको योजनाको नियामावली अझै नबनेकोप्रति उनले असन्तुष्टि पोखे । उनले थपे, ‘तीन वर्षसम्म नियामावली नबनाइ सांसदलाई सजिलो पार्ने भनेर सभामा जान नमिल्ने अवस्था बनाइएको छ ।’

रातो किताबमा परेको सार्वभौमिक बहुवर्षे योजना आफ्नै क्षेत्रमा टुक्रे बनाएर, कोटेसनमा लगेर कार्यान्वयन गरिएको समेत नेता राईले बताए ।

ठेक्का प्रक्रिया र विपक्षलाई बेवास्ता गर्दै गरिएको योजनाको कार्यान्वयनप्रति पनि उनले आपत्ति जनाए । ‘बहुवर्षीय स्रोत सुनिश्चितताको योजना बनाउन एक वर्ष लाग्छ भने सरकारले काम के गर्छ ?’ उनले प्रश्न गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.