‘फरक मत राख्नेहरूप्रति राज्य किन कठोर ?’

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १५:४२

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले हालै सम्पन्न लगानी सम्मेलनलाई सकारात्मक कदम भनेका छन् ।

कोशी प्रदेश सभाको बर्खे अधिवेशनको बैठकमा बोल्दै उनले राष्ट्र निर्माणका लागि स्पष्ट कानूनी योजना आवश्यक रहेको बताएका छन् ।

सिटौलाले फरक मत राख्नेहरूप्रति राज्य कठोर भएको भन्दै चिन्ता व्यक्त गरे । ‘लोकतन्त्रमा सबैको आवाजलाई सुन्ने संस्कार हुनुपर्छ’ उनले भने’ ‘फरक विचार राख्नेप्रति निर्मम व्यवहार हुनु विडम्बना हो।’

आगामी आर्थिक वर्षको बजेट सबै वर्ग, समुदायलाई समेट्ने खालको हुनुपर्ने धारणा नेता सिटौलाले राखे । ‘राष्ट्र निर्माण कसरी गर्ने भन्ने सोचसहित बजेट आउनुपर्छ’ उनले भने ।

सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सिटौलाले गणतन्त्र दीर्घकालीन नहुन सक्ने चेतावनी पनि दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.