ठूलो परिमाणमा सुन बरामद

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार १७:२५
फाइल फाेटाे ।

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको जनाइएको छ ।

सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले सुन बरामद भएको  पुष्टि गरेका छन् । परिमाणबारे भने उनले केही खुलाएनन् । विस्तृत जानकारी पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.