धरौटी बुझाएर छुटे जनमत पार्टीका निलम्बित कोषाध्यक्ष

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ४, आइतबार २०:०१

काठमाडौं । जनमत पार्टीका निलम्बित नेता सुरेन्द्रनारायण यादवलाई ललितपुर जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि धरौटी बुझाएर छुटेका छन् । उनी जनमत पार्टीको निलम्बित कोषाध्यक्ष हुन् ।

ठगीको कसुरमा गत बैशाख ७ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.