विराटनगरबाट करिब ३ किलो चाँदी बरामद

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार २१:४४

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले करिब ३ किलो चाँदी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले विराटनगर महानगरपालिका–१५ को सीमावर्ती क्षेत्रबाट सोमबार दुई केजी ९९७ ग्राम चाँदी बरामद गरेको हो ।

बरामद भएको चाँदीको मूल्य करिब पाँच लाख रुपैयाँ छ । चाँदी बोक्ने व्यक्ती भने भारत तर्फ नै भागेर गएका छन् ।

बरामद चाँदी आवश्यक अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्रका डीएसपी एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.