प्रधानमन्त्री अस्वस्थ, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार ११:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आज (मंगलबार) का लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नहुने भएको छ । अस्वस्थ भएका जानकारी आएपछि प्रतिनिधि सभाको कार्यसूचीबाट उक्त कार्यक्रम हटेको छ ।

प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना आएको छ जनाइएको छ । उक्त जानकारी आएकाले प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट सभामुखले हटाउने संसद सचिवालयले जनाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएको जानकारी दिएका छन् । सोमबारै काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.