विश्व पौडेलविरुद्धको रिट दरपीठ विरुद्धको निवेदन मल्लको इजलासमा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १२:२४

काठमाडौं । ‘विश्व पौडेललाई गभर्नर नबनाउन’ भन्दै दिइएको रिट दरपीठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी आज (मंगलबार) का लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो ।

सरकारले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाउन लागेको तर त्यसका लागि उनी अयोग्य रहेको दाबी गर्दै सर्वोच्चमा दिएको निवेदन दरपीठ भएपछि उनीहरू त्यसविरुद्ध निवेदन लिएर पुगेका थिए । उनीहरूले दरपीठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.