सांकेतिक तस्बिरविराटनगर । मोरङको कानेपोखरीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । दुई दिनदेखि हराइरहेका स्थानीय ५२ वर्षीय जितलाल राजवंशी मृत फेला परेका हुन् ।
कानेपोखरी गाउँपालिका ५ का उनी निगुरो टिप्न भनेर घरबाट निस्किएपछि परिवारको सम्पर्कमा आएका थिएनन् । खोजीका क्रममा आज (मंगलबार) ११ बजे घरबाट करिब ५ किलोमिटर उत्तर जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी आएपछि अस्थायी प्रहरी चौकी कानेपोखरीबाट टोली खटिएको थियो । प्रहरी टोलीले अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।























