‘व्यवसायी राहत कोष’ का लागि सहयोग

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार १६:३८

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि युवा व्यवसायी निर्मल खत्रीले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो जन्म दिनको अवसर पारेर खत्रीले कोष वृद्धिका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको जन्मोत्सव समारोहमा खत्रीकी श्रीमती रेणुका लिम्बूको समेत उपस्थिति रहेको थियो ।

त्यस अवसरमा खत्री दम्पतीलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र सहित सम्मान गरेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग पुर्याएको र आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

बिर्तामोड १ निवासी खत्री पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक हुन् भने मेची ट्रान्स्पोर्ट एशोसिएसनका कोषाध्यक्ष तथा नयाँ पेपर अनलाइनका अध्यक्ष हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.