
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सहमति पछि बसेको राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको सिफारिस समितिले पहिलो नम्बरमा विश्व पौडेलको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा कामुगभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति छ ।

























