शाहलाई एआईजी, ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ६, मंगलबार २१:४१

काठमाडौं । गृह मन्त्रालयले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

त्यस्तै ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

एसएसपी सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत,ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.