३९५ जनाले टेके सगरमाथाको चुचुरो

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ७, बुधबार ०६:३०

काठमाडौं । ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले आरोहण गरेका हुन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् ।

सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.