
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत उनले ऊर्जामन्त्रीलाई नहटाए ‘देश डुब्ने’ भन्दै जनआन्दोलन अन्तिम उपाय देखिएको जिकिर गरेका छन् ।
ऊर्जामन्त्री खड्काका कारण दिउँसै अँध्यारो भएको भन्दै बृहत जनआन्दोलन गरेर उनलाई हटाउनुपर्ने पुनको धारणा छ ।
‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने …लाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो …व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो,’ फेसबुकमा उनले लेखेका छन् ।


























