
काठमाडौं । मानव तस्करीको गिरोहसँग मिलेमतो गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत भट्टराईको मंगलबार मात्रै गृह मन्त्रालयमा सुरुवा भएको थियो ।
मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको आशंकामा अख्तियारकाे टाेलीले बुधबार पक्राउ गरेकाे हाे । भट्टराईको मोबाइलसमेत जफत गरेर अनुसन्धान भइरहेकाे अख्तीयारले जनाएकाे छ ।

























