माग पूरा गराउन मन्त्रालयको गेटमा धर्ना बसे कर्मचारी

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार ११:०३

काठमाडौं । प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिएका छन् ।

निजामती विधेयकमा अहिले रहेको प्रणालीगत त्रुटि र प्रणालीगत असफलतालाई निराकरण गर्ने कुनै विषय नसमेटिएको उनीहरूको भनाइ छ ।

निजामती कर्मचारी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको छ ।

प्रस्तावित ऐनको व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रकाश खातीले जानकारी दिए ।

उच्च प्रशासकीय अभिभावकहरू आत्मकेन्द्रित भइदिँदा आम कर्मचारीका माग र मुद्दाहरू कमजोर भएका उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.