
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज (बिहीबार) पनि हेर्दाहेर्दैमा परेको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिट पनि हेर्दाहेर्दैमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मंगलबारदेखि रिटमाथि सुनुवाइ जारी छ ।

























