खोलाले बगाउँदा एक जना महिलाको मृत्यु 

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १९:२६

विराटनगर । ताप्लेजुङको फावा खोलाले बगाउँदै १ जना महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङ्देनलाई फावा खोलाले बगाउँदा मृत्यु भएको ताप्लेजुङ प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

उनका अनुसार फावा खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको हो । खोलाले करिब १ सय ५० मिटर बगाएर पर पुर्‍याएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.