राजावादीको आन्दोलनमा प्रतिबन्ध लगाउने अधिकार सरकारलाई छः मन्त्री गुरुङ

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ८, बिहीबार १९:३६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा आज (बिहीबार) सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधान विरोधी काम भएको उल्लेख गरे ।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरूलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको मन्त्री गुरुङले बताए ।

आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिए । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैं छुट दिन नसकिने उनको भनाइ थियो ।

मन्त्री गुरुङले राजावादीहरूको आन्दोलनको गतिविधिले कस्तो रूप लिन्छ, त्यहीअनुसार सरकार अघि बढ्ने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.