
विराटनगर । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल (योङ कम्युनिष्ट लिग)को कोशी प्रदेश अध्यक्षमा विक्रम बाबु फियाक चयन भएका छन् ।
वाईसीएलको प्रथम प्रदेश सम्मेलनबाट फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । सुनसरीको इटहरीमा बिहीबार सम्पन्न सम्मेलनबाट उपाध्यक्षमा दिलविक्रम लिम्बू, टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।
सदस्यहरुमा कुलबहादुर राई, पूर्णीमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी, विकल बराल, पुष्पलाल राई, अर्जुन तामाङ, अर्जुनकुमार मगर, पुजना राई, सिर्जना शंकर, सुरेशकुमार राई, भुपाल तामाङ, सन्तोष लिम्बू, गोपाल राई, रूपक पौडेल, राजेश प्रधान, नारायण राई, धनन्जय राई, पुस्कल राई, अमन लावती, सन्ध्या मास्के, अर्जुन राजवंशी रहेका छन् ।
यस्तै, जोन बुढाथोकी, टिका चम्लागाईं, दीपक गहतराज, सुशील खतिवडा, साङ्गे पाल्देन शेर्पा, विषण लिम्बू, गरिमान इथिङ्गो, पृथ्वीमान नेपाली, राकेश मगर, सुदीप बली राई, दिपेश राई, दीपक पोखरेल, किरण भुजेल, सदीक्षा पोखरेल, कल्पना राई, दिनेश बानेम, लोकबहादुर नेपाल, पासाङ निमा शेर्पा, प्रगेन राई, सुमन मगर, प्रेमकुमार मगर, सुमन शाह, रन्जनकुमार यादव, नविन चौधरी र सुप्रिया वान्तवा सदस्य चयन भएका छन् ।
























