लामिछाने र जोशीको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश हुने सम्भावना

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार १४:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले सम्भवतः आज (शुक्रबार) नै आदेश आउनेछ ।

आज जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

उनीहरुको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु भइरहेको जनाइएको छ । हालसम्मका प्रक्रिया लगभग पूरा भएकाले आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.