गृहमन्त्री लेखकविरुद्ध सर्वाेच्चमा रिट

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार २०:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार मन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी हुन् ।

त्रिभुवन विमानस्थलबाट हुने भिजिट भिसा काण्डमा गृह मन्त्रालयका उच्च अधिकारीदेखि तल्ला तहका कर्मचारीको संलग्नता देखिएपछि गृहमन्त्री लेखक पनि विवादमा तानिएका छन् ।

भिजिट भिसाको नाममा नेपाली युवाहरूलाई वैदेशिक भूमिमा पुर्‍याउने गिरोहले एक जनाबाट कम्तीमा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गर्ने गरेको थियो ।

रिट निवेदक चौलागाईंले संविधानअनुसार गृहमन्त्री पदमा रहेर यस्तो गैरकानुनी क्रियाकलापमा संलग्न हुनु गम्भीर विषय भएको र यसले राज्य प्रणालीमै गम्भीर संकट ल्याएको दाबी गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.