
काठमाडौं । सर्वाेच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
सहकारी ठगी मुद्दामा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने उच्च अदालतको आदेश सदर गरेपछि पार्टीले केन्द्रीय समितिको सचिवालयको आकस्मिक बैठक बोलाएको हो ।
बैठक भर्चुअल रुपमा बस्नेछ । आइतबार दिउँसो भने पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने बताइएकाे छ ।
शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।
























