जुम्ली मार्सीको नयाँ जात विकास

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार ०९:०४

काठमाडाैं । जुम्ली मार्सी धानको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जुम्लामा उत्पादन हुने रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ विकास गरेकाे हाे । याे बिउ किसानका बिचमा लैजान सुरु गरिएको छ ।

झन्डै दुई दशकदेखि मार्सी धानमा देखिएको ब्लास्कट रोगले किसानलाई हैरानी दिइरह्यो  । मार्सीमा रोग लाग्ने भएकाले धान सखाप हुने र भने अनुसारको उत्पादन नहुने भएपछि यसको उत्पादनमा ह्रास हुने समस्या भइरहेको थियो ।

निकै पोसिलो र मिठो स्वाद हुने भएकाले बजारको माग धेरै भए पनि रोगले उत्पादन वृद्धि गर्न धान मरुवा रोग (राइस ब्लास्ट) रोग लागेर किसानलाई हैरान बनाइरहेको समयमा मार्सी धानको नयाँ जातको विकास गरिएको हो । रैथाने मार्सी धानलाई जोगाइराख्ने, रोग नलाग्ने र उत्पादन बढाउने उद्देश्यले नयाँ जातको विकास गरिएको हो ।

कृषि अनुसन्धान केन्द्र विजयनगरका अनुसार इन्हान्स्ड जुम्ली मार्सी–१८, इन्हान्स्ड जुम्ली मार्सी–२० र इन्हान्स्ड जुम्ली मार्सी–२२ को रैथाने जुम्ली मार्सीको नयाँ धानको जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख वैज्ञानिक डा. नवराज आचार्यले नयाँ विकास गरिएको पुरानो रैथाने मार्सी धानसँग कुनै प्रकारको फरक र कमी नभएको बताए ।  उहाँका अनुसार झन्डै सात/आठ वर्षअगाडि अनुसन्धान सुरु गरिए पनि झन्डै डेढ वर्षअगाडि सफलता प्राप्त भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.