गजलः छोरा परदेशियो

Share this
690shares
मुलुकी खबर
प्रशान्त निराैला
clock२०८२ जेठ १०, शनिबार ११:५१

चुहिने घरको छानो टाल्न छोरा परदेशियो
बिहान बेलुका पेट पाल्न छोरा परदेशियो

आमाको बुलाकी साहुको पोल्टामा राखेर
चिसो चुल्होमा आगो बाल्न छोरा परदेशियो ।

बाको फाटेको दौरा फुटेको पैताला सम्झेर
असह्य गरिबीको पीडा फाल्न छोरा परदेशियो ।

दुधे बालक र श्रीमतिको लाज ढाक्नलाई
गह्रुङ्गो जिम्मेवारी समाल्न छोरा परदेशियो ।

अधियाँ खेतमा सुन फलाउन तम्सेको जवानी
बालुवामा पसिना हाल्न छोरा परदेशियो ।

-प्रशान्त निराैला, विराटनगर- ५

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.