रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १९:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । शनिबार भर्चुअल बैठकले राजीनामा माग गरेको हो ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले निष्पक्ष छानविनका लागि राजीनामा दिन माग गरेको रास्वपाको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.