
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक प्रचारबाजी भइरहेको उनले बताए ।
‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन,’ शनिबार साँझ काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लेखकले भने,‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’
























