एमालेले बोलायो सचिवालय बैठक

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार ०७:००

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट हुने रकम असुली प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागेपछि एमाले बैठक बोलाएको हो ।

लेखकविरुद्ध नैतिक प्रश्न उठिरहेका बेला सत्तारुढ दल एमालेले छलफलका लागि सचिवालय बैठक बोलाएको हो ।

शनिबार कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए । मन्त्री लेखकले भने कुनै अनियमितता प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.