
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
आज (आइतबार) कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गणेश उप्रेतीले छानविनका लागि गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै नेताहरुले छानविनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
‘हिजो प्रतिपक्षमा हुँदाखेरी सहकारीलगायतको विषयमा कुरा उठाएर नैतिकताको हिसाबमा राजीनामा दिनुपर्छ भनेर संसदमा माइक फुट्नेगरी कराउने नेता आज त्यहीँ पार्टीका धेरै नेताले राजीनामा दिनुपर्छ भनेर भनिसक्नु भएको छ, तर लाजै लजाउने गरी यो मुलुक लुटेराहरुले नै नेतृत्व गरिरहेको छ जस्तो गरेर बसिरहनु भएको छ,’ उनले भने,‘ देशको बदनाम हुनेगरी भ्रष्टाचारको पहल कदमीको नेतृत्व गरिरहनु भएको छ, उहाँलाई नैतिकताका आधारमा राजीनामा गर्न र सम्बन्धित पार्टीलाई त्यस्ता मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गर्छु ।’

























