नीति तथा कार्यक्रमले सबैलाई समेटेको मुख्यमन्त्री कार्कीको दाबी

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १६:४०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको दाबी गरेका छन् ।

नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको उनले बताए । प्रदेश सभालाई आज (आइतबार) सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गरे ।

नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको उनले उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे समझदारी हुँदै बनेको सरकारले सातवटा मूलभूत समस्याको समाधान गर्न सुरु गरेको बताए । समस्याहरू समाधान गर्दै सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी पनि उनले गरे ।

नीति, कार्यक्रम र बजेटबीचको सम्बन्धबारे स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले भने, ‘नीति र कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसैको कार्यान्वयनका लागि साधन हो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.