धनकुटाबाट काठसहित दुई जना पक्राउ

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १२, सोमबार ०६:३७

विराटनगर । प्रहरीले धनकुटाबाट काठसहित २ जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका– ३ स्कुल डाँडास्थित कोशी लोकमार्गबाट प्रहरीले को २ च १५०३ नम्बरको बोलेरो पिकअपमा लाेड गरेकाे चिलाउने जातको ११७ थान चिरान गरेको काठसहित चालक धनकुटाको शहिदभूमि गाउँपालिका– ७ का ३२ वर्षीय प्रेम कुमार राई र गाडीमा सवार सोही पालिकाका २५ वर्षीय रुद्रमाण राईलाई पक्राउ गरेको हो ।

हिलेबाट धनकुटा तर्फ आँउदै गरेको पिकअपमा कागजपत्र नभेटिएपछि पक्राउ गरी कारवाहीका लागि डिभिजन बन कार्यालय धनकुटा बुझाएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.