
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को एउटा समूहबीच आज पार्टी एकता हुँदैछ ।
गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग आज एकता हुन लागेको हो । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो ।
पार्टी एकता घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
























