ट्याक्टरको ठक्करले सुनसरीमा २ जनाको मृत्यु

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १२, सोमबार १९:५५

सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंहमा आज (सोमबार) दिउँसो ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जना युवकको ज्यान गएको छ।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनापछि दुवैलाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले राजमार्गको भोक्राहा नरसिंह खण्ड केही समय अवरुद्ध गरेका थिए । ट्रयाक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.