प्रेस युनियनको स्थापना दिवस : विराटनगरमा प्रभातफेरी

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार ०९:०९

विराटनगर । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।

प्रेस युनियन मोरङको आयोजनामा आज (मंगलबार) बिहान प्रभातफेरी निकालिएको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाबाट सुरु भएको प्रभातफेरी महेन्द्र चोक, शनिमन्दिर, मेनरोड, ट्राफिक चोक हुँदै पुनः पत्रकार महासंघमा पुगेर सकिएको प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले जानकारी दिए ।

पौडेलले कार्यक्रममा सहभागिता जनाउने पत्रकारका विभिन्न संघ संगठन र पत्रकारहरुप्रति आभार व्यक्त गरेका छन् । उनले प्रेस युनियनले सधैं श्रमजीवी पत्रकारका पक्षमा काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.