प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशः कोइराला

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १०:४३

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका छन् ।

विराटनगरमा आज (मंगलबार) जीपी कोइराला लेबर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ुजेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छु भनेर दिएको अभिव्यक्तिको बारेमा कांग्रेस पदाधिकारी बैठकमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।

उनले भने, ‘मैले सोचेको थिएँ कांग्रेसको बैठकमा प्रधानमन्त्रीको बोलीबारे छलफल हुन्छ । तर, मेरोबारे छलफल भएर मलाई खुसी लाग्यो, पार्टी कहाँ पुगेछ भन्ने थाहा भयो ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.